च्याम्पियन्स लिग शुरु, पहिलाे दुवै खेल बराबरीमा सकियो
यूरोप सवैभन्दा ठूलो महादेशीय क्लब प्रतियोगिता च्याम्पियन्स लिग शुरु भएको छ ।
लिगको दुवै उद्घाटन खेल बराबरीमा सकिएको छ । इन्टर मिलान र स्लाभिया एक–एक गोलको बराबरीमा सकिदा अर्को खेलमा लियोन र जेनिटले पनि एक–एककै बराबरीमा अंक बाँडेको छ ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा स्लाभियाले ६३औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । तर, थपिएको दुई मिनेटको समयमा सम्हालिन नसक्दा इन्टर मिलानले खेल बराबरी गर्न पुग्यो ।
अर्को खेलमा भने पहिलो हाफको ४१औं मिनेटमै गोल गर्दै जेनिटले प्रष्ट अग्रता लिएको थियो । तर, लियोनले दोस्रो हाफको ५१औं मिनेटमा गोल फर्काउँदै अंक बाडे । ६ खेल जारी छ ।