नेयमार माथिकाे प्रतिबन्ध घट्यो, पीएसजीलाई राहत
च्याम्पियन्स लिगमा तीन खेलका लागि नेयमारलाई लगाइएको प्रतिबन्ध घटेको छ ।
अघिल्लो सिजनमा नेयमारले म्याच अफिसियलसँग हातपात गरेपछि यूईएफएले तीन खेलमा प्रतिबन्ध लगाउने निर्णय लिएको थियो । तर, कोर्ट अर्बिटेसनले अपिलको सुनुवाई गर्दै नेयमारको प्रतिबन्ध घटाएको छ ।
तीन खेलको प्रतिबन्धलाई दुईमा झारिएपछि पीएसजीलाई राहत मिलेको छ । नेयमारले अघिल्लो सिजनमा म्यानचेष्टर युनाइटेडसँगको खेलमा पराजयपछि अफिसियलमाथि हातपात गरेका थिए ।
प्रतिबन्ध घटेपछि उनको प्रतिबन्ध घटेपछि नेयमारले २२ अक्टोबरमा ब्रुगेससँग खेल्न पाउनेछन् भने रियल मड्रिड र गालातासेरेसँग भने खेल्न पाउने छैनन् ।