कला/साहित्यमंगलबार, ३१ भाद्र , २०७६

आगलागीबाट जाेगिएकाे याे तस्बिर

हिमालखबर

दर्जनौं चर्चित गीत गाएका गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा आगलागी हुँदा उनले पाएका सबैजसो सम्मानपत्र जलेर नष्ट भएका छन् ।

राजेश पायल राई विदेश भएका बेला घरमा लागलागी भएको थियो । विजुली सर्ट भएर लागेको आगो प्रहरी र स्थानीय भएर नियन्त्रणमा लिएका थिए । सोमबार दिउँसो तीन बजेतिर भएको आगलागीपछि राईले सामाजिक सञ्जालमार्फत थुप्रै स्टाटस लेखिसकेका छन् ।

छिमेकी र प्रहरीप्रति आभार व्यक्त गर्नुका साथै आफूले पाएका सम्मानपत्रहरु जलेकोबारे पनि लेखेका छन् । उनले ‘उनैले दिए, उनैले लगे’ भन्दै  मन बुझाउने तर्क गरेका छन् ।

आगलागीबाट अभिनेता राजेश हमालसँगको तस्वीर भने बचेको रहेंछ । त्यही तस्वीर राखेर अभिनेता राजेश हमालले सहानुभूति प्रकट गरेका छन् ।

राजेश पायल राईले पनि उक्त तस्वीर नै सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, “.. सवै थोक जले नष्ट भए । तर, यो तस्वीरलाई न जलाउन सके न त भगवान रुपी दर्शकहरुको माया नै ।”

 

प्रतिकृया दिनुहोस