लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ९ः५३ मिनेटमा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए ।
भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ । यसअघि आइतबार र सोमबार सुदूर तथा मध्यपश्मिका जिल्लामा भूकम्प गएको थियो ।