रोजगार खोज्दै भारत पुगेका नेपाली युवाको मृत्यु
रोजगारीका लागि भारतको बैङ्लोर पुगेका बैतडीका एक युवकको राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी छन् ।
काम सकेर डेरामा फर्कने क्रममा जोशी लडेर ट्याङ्कीमा खसेको सुदूरपश्चिमेली नेपाली समाज कर्नाटक राज्यसमितिका संस्थापक अध्यक्ष लिलाधर कपाडीले जानकारी दिए ।
मृतक जोशी बैङ्लोरस्थित एक होटेलमा कार्यरत थिए । उनी एक महीनाअघि रोजगारीका लागि भारत गएका थिए ।