समाचारआइतबार, २९ भाद्र , २०७६

बीआरआईको लाभ लिन सक्नुपर्छः नेता नेपाल

हिमालखबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले छिमेकी राष्ट्र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई)को नेपालले सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठनले आइतबार गरेको बीआरआईसम्बन्धी सम्वादको समापानमा उनले उक्त परियोजना बहुआयामिक भएकाले नेपाल जस्तो समृद्धिको यात्रामा उन्मुख भएको मुलुकले त्यसबाट आर्थिक लाभ लिन सक्ने बताए ।

“यसलाई कसरी सदुपयोग गर्ने भन्नेबारेमा सरकारले आवश्यकताको पहिचानका लागि अध्ययन गरी स्पष्ट खाका बनाउनुपर्छ, यसबारे उठेका जटिल विषयवस्तु भएमा व्यापक अन्तक्र्रिया गरेर टुङ्गोमा पुग्नुपर्छ ।”, उनले भने ।

नेता नेपालले विश्वव्यापीकरणको वर्तमान युगमा बीआरआईजस्ता पहलबाट नेपाल विमुख हुन नहुने र यसबाट हुन सक्ने पूर्वाधार विकासका लागि आवश्यक प्रक्रिया थाल्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस