भारतीय प्रतिस्पर्धीलाई हराउँदै प्रिन्स दाहालले रचे इतिहास
नेपालका युवा ब्याटम्यान प्रिन्स दाहालले भारतीय प्रतिश्पर्धी बरुण कपुरलाई हराउँदै इतिहास रचेका छन् ।
दुबई जुनियर च्याम्पियनसिपमा नेपालका दाहालले फाइनलमा बरुणलाई हराउँदै स्वर्ण जितेका हुन् । दाहालले बरुणलाई २१–१९ र २१–१९ को सोझो सेटमा हराएका थिए ।
दाहालका लागि यो निकै ठूलो उपलब्धी हो । किनभने, बरुण विश्व बरियतामा नवौं स्थानमा रहेका ब्याटम्यान हुन् भने दाहाल १०३औं स्थानमा छन् ।
दाहालले गत वर्ष दुबईमै सकिएको यू–१६ च्याम्पियनसीपमा पनि उपाधि जितेका थिए ।