तिवारी हत्याको बिरोधमा बारामा प्रदर्शन
युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका हत्यारालाई कारावाहीको माग गर्दै बाराको सिमरामा जुलुश प्रदर्शन भएको छ ।
वीरगञ्ज पथलैया सडक खण्डको सिमरामा मंगलबार अपरान्ह १ बजे देखि २ बजे सम्म सडक अवरुद्ध गर्दै एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।
‘बन्दुकको गोलीले विचारलाई मार्न सक्दैन’, ‘हत्यारालाई कारावाही गर’, लगायतका नारा लेखिएको प्लेकार्ड सहित उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।
श्याम गुप्ता, बारा