बलियो जोर्डनसँग उसकै मैदानमा भिड्दै नेपाल
यू–१६ एएफसी छनोट खेलमा नेपालले पहिलो खेल आज (शनिबार) बलियो टीम जोर्डनसँग खेल्दैछ । खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछ ।
बलियो हुनका साथै जोर्डनले घरेलु मैदानको फाइदा समेत उठाउन पाउनेछ । तर, नेपालले पनि अंक बाँड्नेगरी मैदान उत्रने योजना बनाएको छ ।
प्रशिक्षक सुनिल श्रेष्ठ पहिलो खेल नै बलियो टीमसँग परेकाले अंक खोस्नु नै पहिलो प्राथमिकता भएको बताउँछन् । नेपाल रहेको समूहमा जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलंका परेको छ । आजै अर्को खेल कुवेत र श्रीलंकाबीच हुँदैछ ।