ओलम्पिक कमिटीको साधरण सभा शुरु, आजै मतदान
नेपाल ओलम्पिक कमिटीको साधरणसभा शुरु भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साधरणसभाको उद्घाटन गरेका छन् ।
सर्वोच्च अदालतमा रीट परेपछि २० भदौमा स्थगित निर्वाचन शनिबार हुन लागेको हो । साधरणसभा सकिएलगत्तै निर्वाचन प्रक्रिया अगाडि बढाइने भएको छ ।
१९ सदस्यीय कमिटीमा उपमहासचिवमा राखेपका उपाध्यक्ष पिताम्मबर तिम्सेना र कोषाध्यक्षमा रतनकुमार तण्डन निर्विरोध भइसकेका छन् । बाँकी पदहरुमा शनिबार मतदान हुनेछ ।
नेतृत्वका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठको उम्मेद्वारी परेको छ । दुवैले आफ्नो प्यानल नै तयार पारेका छन् ।