गाउँका परम्परागत परिकार राजधानीमा
परम्परागत रुपमा गाउँघर उपलब्ध हुने परिकारलाई अब राजधानीमा पनि पाउन सकिने भएको छ । पैंचो पसल प्रा.लि.ले काठमाडौंको शंखमुलमा यसको सुरुवात गरेको छ ।
‘बसे पनि शहर, गाउँकै खाने रहर’ भन्ने नारा दिएर पैचो पसलले राजधानीमा गाउँका परिकार उपलब्ध गराउन थालेको जनाएको छ । ५ पुषमा पत्रकार सम्मेलन गरी देशभरीका बिभिन्न गाउँमा पाइने परम्परागत परिकारलाई अब राजधानीमा उपलब्ध गराइने पैचो पसलका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले जानकारी दिए ।
गुल्मीको बलेटक्सारबाट सुरु भएको पैंचो पसल देशका बिभिन्न ५० भन्दा बढी स्थानमा संकलन केन्द्रहरु मार्फत सेवा उपलब्ध गराउदै आएको छ । पैचो पसलले हाते प्रविधिको प्रयोग गरेर उत्पादन गर्ने च्याँख्ला (मकैको आटो), सिन्की, मस्यौरा, कादोको पीठो, जाम, जुसहरु, अचार, चुक लगायतका २३ प्रकारका खाद्य पदार्थ बिक्री गर्दै आएको छ
त्यस्तै देशभरीका बिभिन्न स्थानबाट स्थानीय उत्पादन संकलन गरेर राजधानीमा बिक्री वितरण गर्न थालिएको जनाएको छ ।