रोल्पामा पहिरोबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
रोल्पाको थवाङ गाउँपालिकामा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ।
बिहीबार राति खसेको पहिरोमा परी दुई परिवारका गरी ६ जनाको मृत्यु भएको हो।
रोल्पाको शहीदमार्ग अन्तर्गत घर्तीगाउँ–थबाङ खण्डको छेर्लोबाङमा घरमाथिबाट खसेको पहिरोले ठिरकुमारी र उनका चार वर्षीय छोरा असल बुढाको मृत्यु भएको छ ।
त्यसैगरी अर्को परिवारका जय बुढा, मूलज्योति बुढा, बिर्सिती बुढा र चिरन बुढाको पनि सोही घटनामा मृत्यु भएको बताइएको छ।
उनीहरू आफ्नो घर जोखिमपूर्ण ठानेर ठिरकुमारीको घरमा आश्रय लिन गएको र सोही घरमा सबै पहिरोमा परेको बताइएको छ ।