ओलम्पिक कमिटीको निर्वाचन २८ भदौंमा
२० भदौंका लागि तय गरिएको नेपाल ओलम्पिक कमिटीको निर्वाचन २८ भदौंमा हुने भएको छ ।
दुवै पक्षलाई बोलाउँदै निर्वाचन स्थगित गर्न अन्तरिम आदेश दिएपछि ओलम्पिक कमिटीको निर्वाचन रोकिएको थियो । तर, सर्वोच्चले बाटो खोलिदिएपछि २८ भदौं बिहान ८ बजे निर्वाचनको समय तोकिएको छ ।
न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न नपर्ने फैसला सुनाएको थियो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाको पर्यवेक्षणमा निर्वाचन हुनेछ ।
ओलम्पिक कमिटीको नेतृत्वका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।