लद्दाखमा भारत र चीनका सेनाबीच झडप
पूर्वी उद्दाखमा भारत र चीनका सेनाबीच झडप भएको छ । बीबीसीका अनुसार, बुधबार धेरै बेरसम्म झडप भयो ।
गस्तीमा रहेको भारतीय सैनिकसँग चिनियाँ सैनिकको झगडा भएको थियो । आफ्नो नियन्त्रण रहेको क्षेत्रमा गस्ती नगर्न चिनियाँ सैनिकले आग्रह गरेपछि झगडा शुरु भएको थियो ।
घटना भएको स्थलको भूभाग चीन सरकारको नियन्त्रणमा पर्छ । बुधबार दुई देशका सैनिकबीच झडप भएपछि दुवै देशले उक्त क्षेत्रमा सैनिक संख्या बढाएको छ ।