सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, तीन विकेट लिदै प्लेअर अफ दी म्याच
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा उत्कृष्ट बलिङ गरेका छन् ।
पहिलो खेलमा स्वास्थ्य समस्याका कारण एक ओभर मात्रै बलिङ गरेका सन्दीपले दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गरे।
सन्दीपले तीन विकेट लिदै आफ्नो टीम बार्बाडोस् ट्रिडेन्टसलाई जिताएनन् मात्र प्लेअर अफ दी म्याच पनि बने ।
सन्दीपको पूर्व टीम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सले टस जित्दै फिल्डिङ राजेपछि बार्बाडोसले १८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
लक्ष्य पछ्याएको नेभिसको महत्वूर्ण विकेट सन्दीपले धरापमा पारेका थिए । पाँचौं, एघारौं, १३औं र १५औं ओभरमा सन्दीपले बलिङ गरे ।
पाँचौंमा सात रन खर्चिएका सन्दीपले एघारौं ओभरमा पनि रन नै दिए ।
तर, १३औं ओभरको पहिलो र अन्तिम बलमा सन्दीपले विकेट लिए । यो ओभरमा मात्रै ६ रन दिएका थिए ।
१५औं ओभरको तस्रो ओभरमा फेरि सन्दीपले विकेट लिएपछि बार्बाडोस १८ रनले विजयी बन्यो ।