नेपालमा पहिलो पटक चल्यो बिजुली बस
नेपालमै पहिलो पटक विद्युतीय बस आजदेखि सञ्चालनमा आएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार सुन्दर यातायात प्रालिले सञ्चालनमा ल्याएको दुई विद्युतीय बसको उद्घाटन गरे ।
एक करोड ६२ लाख मूल्यको बसमा ६० सिट क्षमताको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ । बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ ।
विद्युतीय बसका लागि छुट्टै भाडादर नतोकिएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै भाडादर लागू हुने बताइएको छ । द्युतीय कार्डको प्रयोगमा भने २० प्रतिशत छुट हुनेछ ।
मन्त्री पोखरेलले बसमा बसेर प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबदेखि शहीदगेट, सुन्धारा रत्नपार्कसम्मको यात्रा समेत गरे ।
यात्रापछि मन्त्री पोखरेलले बस आरामदायी र नेपालका लागि यो उपयुक्त रहेको बताए ।