थप समाचार बुधबार, भदौ २५, २०७६
चन्दका छोरा प्रकाशसहित १५ जना पक्राउ
चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अस्पतालको सेवा अवरुद्ध गराउँदै तोडफोड गर्ने प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले विगत एक सातायता विभिन्न व्यक्तिलाई तल्लो स्तरको गालि गलौज गरी आन्दोलन गर्दै आएको मल्लले बताए ।
पक्राउ परेकाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
प्रकाशको सोही मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरी प्रयोगात्मक कक्षा भइरहेको छ । विद्यार्थीले कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क घटाउन दबाबस्वरुप आन्दोलन गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- विहीबार, मंसिर २६, २०७६ चालु आर्थिक वर्षको वृद्धिदर ६ दशमलव ४ प्रतिशतमा खुम्चने विश्व ब्यांकको आकलन
- विहीबार, मंसिर २६, २०७६ विद्युत प्राधिकरणद्वारा संचालित आयोजनाको वित्तीय प्रगति १०२ प्रतिशत
- विहीबार, मंसिर २६, २०७६ ‘प्रहरी नेतृत्वको हातखुट्टा बाँधिएका छन्’
- विहीबार, मंसिर २६, २०७६ च्याम्पियन्स लिगः प्रिक्वाटर फाइनल समीकरण पूरा