खेलकुद बुधबार, भदौ २५, २०७६

सन्दीप लामिछाने आवद्ध टीम बार्बाडोसको दोस्रो खेल

हिमालखबर

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध टीम बार्बाडोस ट्रिडेन्टसले सेन्ट किड्स एण्ड नेभिस पेट्रोइट्सविरुद्ध खेल्दैछ ।

खेल नेपाली समयअनुसार, आज राति ३ः४५ बजे शुरु हुनेछ । यसअघि सन्दीप आवद्ध टीमले खेलेको एक खेलमा पराजय भोगेको छ । गत सिजनमा सन्दीपले खेलेको पेट्रोइट्स विरुद्ध जित निकाल्ने तयारीमा बार्बाडोस छ ।

पेट्रोइट्सका लागि भने यो चौथौं खेल हो । यसले दुई खेलमा पराजय बेहोरिसकेको छ ।

अघिल्लो खेलमा सन्दीपले एक ओभर मात्रै बलिङको अवसर पाएका थिए । तर, निकै कसिलो बलिङ गर्दै पाँच रन मात्रै दिएका थिए । सन्दीप ७० हजार डलरमा बार्बाडोसमा अनुबन्धित छन् ।

प्रतिकृया दिनुहोस