ऐतिहासिक जितसहित नेपाली टीम स्वदेश फर्कदै
बलियो टीम चाइनिज ताइपेइलाई घरेलु मैदानमै पराजित गर्दै विश्वकप छनोटमा पहिलो जित निकालेको नेपाली फुटबल टीम बुधबार स्वदेश फर्कदैछ ।
कप्तान किरण लिम्बुको नेतृत्वमा रहेको टीम आज राति ९ः३५ बजे काठमाडौं अवतरण गर्नेछ । कुवेतसँग उसैको घरेलु मैदानमा ७–० को लज्जास्पद हार बेहोरेको नेपालले ताइपेइलाई भने उसकै घरेलु मैदानमा २–० ले पराजित गर्यो ।
नेपालका लागि दुवै गोल अञ्जन बिष्टले गरेका थिए । जितसहित नेपालले विश्वकप छनोट खेलमा तीन अंक जोडेको छ । नेपाली टीम हङकङ हुँदै नेपाल आउने तालिका तय भएको छ ।
पहिलो खेलको पराजयको पीडा भुल्नु आफू भन्दा बलियो टीमलाई नेपालले पराजित गरेको छ । फिफा र्याङ्किङमा ताइपेइ १२५औं स्थानमा छ भने नेपाल निकै पछाडि १६६औं स्थानमा छ ।
दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेइ, जोर्डन, कुवेत र अस्ट्रेलियासँग होम एण्ड अवे खेल्नुपर्नेछ ।