रोनाल्डोको चार गोलमा पोर्चुगलको जित
यूरो कप छनोटमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिकसहित चार गरेपछि घरेलु मैदानमा पोर्चुथलसँग लिथुनिया पराजित भएको छ ।
लिथुनिया पोर्चुगलसँग ५–१ गोलको फराकिलो अन्तरमा पराजित भएको हो । लिथुनियाका लागि एक मात्र सात्वना गोल आन्द्रेयुस केविसियसले गरेका थिए ।
सातौं मिनेटमा नै रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर, २८औं मिनेटमा लिथुनियाले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमै सकियो ।
दोस्रो हाफमा भने रोनाल्डो आक्रामक देखिए । उनले ६१औं र ६५औ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । रोनाल्डो यतिमै रोकिएनन् । ७६औं मिनेटमा अर्को गोल गर्दै खेल ४–१ को अवस्थामा पुर्याए । खेलको अतिरिक्त समयमा पोर्चुगलका कार्भाल्होले गोल गर्दै शानदार जित निकाले ।