पब्जी खेल्न नदिएको झोकमा बुबाको हत्या
‘पब्जी’ खेल्न नदिएको भन्दैं भारत, कर्नाटकस्थित बेलगावी जिल्लाका २१ वर्षीय युवाले आफ्नै बुबाको हत्या गरेका छन् ।
रघुवीर कुम्भर नामका ति युवाले आमालाई घर बाहिर जान भन्दैं पूर्व प्रहरी बुबा शेखरप्पा रेवप्पा कुम्भरको हत्या गरेका थिए । उनले बुबाको पहिले खुट्टा र त्यसपछि टाउकोबाट शिर अलग गरेको बताइएको छ ।
आमा चिच्याएपछि छिमेकीले प्रहरीलाई खबर गरेपछि रघुवीर पक्राउ परेका थिए ।
“युवालाई मोबाइल गेमको लत लागेको देखिन्छ । उनी गेम खेल्नकै लागि बुबाले मोबाइल रि–चार्ज गरिदिउन भन्ने चाहान्थे ।”, बेलगावी के पुलिस कमिश्नर बीएस लोकेशले बीबीसीसँग भने ।
मोबाइल गेमले छोराको पढाइमा असर पुर्याएको भन्दैं बुबा चिन्तित देखिन्थे ।
बुबाले गेम खेल्न नदिएपछि रघुवीरले छिमेकीकी घरमा ढुंगा प्रहार गर्न थालेका थिए । छिमेकीको उजुरीपछि बुबा शेखरप्पालाई प्रहरीसमक्ष हाजिर हुनुपरेको थियो ।
शेखरप्पाले आफ्नो छोराको मोबाइल गेम लत बारे प्रहरीलाई जानकारी दिएको पनि बताइएको छ ।