विश्वकप छनोटः ताइपेइ विरुद्ध नेपालको जित, दुवै गोल अञ्जनले गरे
कतारमा हुने विश्वकप २२ का लागि छनोट खेलमा नेपालले पहिलो जित निकालेको छ ।
चाइनिज ताइपेइको घरेलु मैदानमा नेपालले २–० गोल अन्तरले जित निकालेको हो । नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरे ।
खेलको चौंथो मिनेटमै बिष्टको गोलमा नेपालले अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अग्रता लिएको नेपालका लागि दोस्रो हाफको ६२औं मिनेटमा फेरि बिष्टले गोल गरे ।
बिष्टको उत्कृष्ठ प्रदर्शनसँगै विश्वकप छनोटमा नेपालले तीन अंक जोडेको छ । २०२३ मा हुने एसियन कपको समेत छनोट खेलमा यसअघि नेपालले कुवेतसँग लज्जास्पद पराजय भोगेको थियो । कुवेतको घरेलु मैदानमा नेपाल ७–० ले पराजित भएको थियो ।