यूएई विरुद्ध नेपालको शानदार सान्त्वना जित
यू–१९ एसिया कप क्रिकेटमा युएई विरुद्ध नेपालले १६० रनको फराकिलो जित निकालेको छ।
नेपालका बलरहरु चम्किदा युएईले ३४.४ ओभरमा अलआउट हुँदै १२५ रन मात्रै जाड्न सक्यो।
नेपालका लागि सागर ढकालले उत्कृष्ट बलिङ गरे। उनले ३ विकेट लिए।
पवन सर्राफ, सूर्य तामाङ र राशिद खानले २/२ विकेट लिए भने कमलसिंह ऐरीले एक विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको नेपालले २८६ रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि रोहितकुमार पौडेलले कप्तानी पारी खेले । पौडेलले ८४ बलको सामना गर्दै एक छक्का, ९ चौकासहित ६७ रन जोडे । सन्दीप जोरा ४८, रसिद खान ४४ र कमलसिंह ऐरीले ४१ रन जोडे ।
भीम सार्कीले एक रन जोडे भने सागर ढकालले दुई रन जोडे । ओपनर रित गौतम र पवन सर्राफले भने खाता खोल्न सकेनन् ।
बाङ्लादेश र श्रीलंकासँग पराजित हुँदै नेपाल र यूएई भने प्रतियाेगिताबाट बाहिरिइसकेका छन् ।