विशिष्ट सेवा दिनेबारे इक्यानसँग नबिल ब्यांकको सम्झौता
नबिल ब्यांक र एजुकेशन कन्सल्टेन्सी एशाेसिएसन अफ नेपाल (इक्यान) बीच विशिष्ट ब्यांकिङ सेवा प्रदान गर्नेबारे सहमति भएको छ।
सहमतिअनुसार इक्यान, इक्यान आबद्ध संस्था, तिनका कर्मचारी एवम् विद्यार्थीलाई आधिकारिक ब्यांकको रुपमा सेवा प्रदान गरिनेछ।
यस्तै ब्यांकले न्यूनतम शुल्कमा शैक्षिक कर्जालगायत विप्रेषणका सुविधा, कार्ड सुविधा, कर्मचारी खाता, अनलाइन भुक्तानी सेवा प्रदान गर्नेछ ।