डिसहोमले ल्यायो थरिथरिका प्याकेज
डिसहोमले फण्ड ट्रान्सफर सेवामार्फत् विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ ।
यो कार्यक्रम अन्तर्गत तीन महीना, ६ महीना र वार्षिक रिचार्ज गर्दा विभिन्न थप सुविधा दिने घोषणा गरिएको छ ।
तीन महीनाको रिचार्जमा एक महिना, ६ महीनाको रिजार्चमा दुई महीना र एक वर्षको रिजार्चमा चार महीनाका लागि आफूलाई मन कुनै एड अन प्याकेज लिन सकिनेछ ।
यस्तै मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिकप्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्ध हुने डिसहोमले जनाएको छ ।