विश्वकप छनोटमा नेपाल चाइनिज ताइपेईसँग खेल्दै
कतारमा २०२२ मा हुने विश्वकप फुटबलको छनोटका लागि नेपाल आज चाइनिज ताइपेईसँग खेल्दैछ ।
खेल ताइपेई मुन्सिपालिटी स्टेडियममा अपरान्ह ४ः५५ मा शुरु हुनेछ । कुवेतसँग ७–० को लज्जास्पद पराजय बेहोरेको नेपाल ताइपेईसँग अंक खोस्ने तयारीमा छ ।
नेपालले केही समय अगाडि ताइपेईसँग १–१ गोलको बराबरी खेलेको थियो ।