कला/साहित्य आइतबार, भदौ २२, २०७६

फिल्म हलमा राष्ट्रिय गान बजाउन सकिदैनः बोर्ड

हिमालखबर

संविधान दिवसलाई भव्य बनाउन भन्दै सरकारले फिल्म हलहरुमा फिल्म शुरु हुनु अगाडि राष्ट्र गान बजाउन उर्दी जारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा संविधान दिवस मूल समारोह समितिले फिल्महरुमा तीन दिन राष्ट्र गान बजाउने निर्णय गरेकाे छ ।

तर, चलचित्र विकास बोर्डले भने यसको विरोध गरेको छ । बोर्डका अध्यक्ष केशव भट्टराई भन्छन्, ‘फिल्म हलभित्र राष्ट्रगान गाउने व्यवस्था ठीक भएन ।”

प्रतिकृया दिनुहोस