थोरै–थोरै बचतबाट ठूलो सपना पूरा गराउने सिभिल ब्यांकको नयाँ कार्यक्रम
सिभिल ब्यांकले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ ।
यो कार्यक्रमले भविष्यमा चाहेको काम गर्न ठूलो सहयोग पुग्ने ब्यांकले जनाएको छ । एन्यूटी डिपोजिट योजनाले नियमित मासिक भुक्तानी गरेपछि निश्चित अवधि पश्चात एकमुष्ठ भुक्तानी दिनेछ ।
न्यूनतम एक हजारसम्म बचत गर्न सकिने यो योजनाको अवधि एकदेखि सात वर्षसम्म रहनेछ । ग्राहकको चाहनाअनुसार एक भन्दा बढी खाता सञ्चालन गर्न सकिनेछ । इच्छाइएको सामग्री खरीद गर्न थोरै–थोरै बचत गरी निश्चित अवधिपछि पैसा निकाल्न सकिने ब्यांकले जनाएको छ ।
सिभिल एन्यूटी डिपोजिटबाट बचतकर्ताले आवश्यक मासिक रकम बचत गरी योजनाको अन्तमा साँवा तथा ब्यााज समेत निकाल्न पाउनेछन् ।
आवश्यक परेको वखत ३ महीनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा मौज्दात रकमको ६०% सम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरिएको छ ।