गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन मुक्तिनाथ ब्यांकको सहयोग
धुर्मुस–सुन्तली फाउण्डेसनले शुरु गरेको बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मुक्तिनाथ विकास ब्यांकले आर्थिक सहयोग गरेको छ ।
रंगशाला निर्माणका लागि ब्यांकले पाँच लाख सहयोग गरेको हो । सहयोग रकम फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई ब्यांकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले हस्तान्तरण गरे ।
ब्यांकले ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको बहार’ कार्यक्रम समेत ल्याएको छ ।