बाङ्लादेशसँग नेपाल ६ विकेटले पराजित
यू–१९ एसिया कप क्रिकेटमा बाङ्गादेश नेपालसँग ६ विकेटले पराजित भएको छ ।
नेपालले दिएको २६२ रनको चुनौती बाङ्लादेशले चार विकेटको क्षतिमा चार बल बाँकी रहँदै भेटायो । बाङ्लादेशका लागि कप्तान अकबर अलीले शानदार प्रदर्शन गरेपछि नेपाल पराजित हुन पुग्यो । उनले ९८ रन जोडे ।
नेपालका लागि कमलसिंह ऐरीले दुई विकेट लिए भने रसिद खान र हरिबहादुर चौहानले एक/एक विकेट लिए ।
नेपालले ८ विकेटको क्षतिमा २६१ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको बाङ्लादेश विरुद्ध नेपालका पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय पारी खेले । पवनले १०९ खेल्दै ८१ रन बनाएका थिए ।
छैटौं नम्बरमा ब्याट्सम्यान जोराले ३१ बलमा तीन छक्का र तीन चौकाको मद्दतसहित ३७ बलमा ५६ रन बनाए ।
नेपालका लागि रित गौतम भने ३२ रनमा आउट भए । कुशल मल्ल २८, कप्तान रोहितकुमार पौडेल १४, भीम सार्की २१, रसिद खान ६ र आसिफ शेख ३ रन जोडेर बाहिरिए । कमल सिंह ९ रन र हरिबहादुर चौहान एक रनमा अविजित रहे ।
पराजयसँगै नेपाल प्रतियाेगिताबाट बाहिरिएकाे छ ।