खेलकुद आइतबार, भदौ २२, २०७६

बाङ्लादेश विरुद्ध सन्दीप जोराको विस्फोटक ब्याटिङ

हिमालखबर

यू–१९ एसिया कप क्रिकेटमा बाङ्लादेश विरुद्ध सन्दीप जोराले विस्फोटक ब्याटिङ गरेका छन्। जोराले ३२ बलमै अर्धशतक पूरा गरे।

छैटौं नम्बरका ब्याट्सम्यान जोराले ३१ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।

यसअघि नेपालका ओपनर पवन सर्राफले अर्धशतकीय पारी खेलेका थिए। उनले १०९ खेल्दै ८१ रन बनाए। श्रीलंका विरुद्ध अर्धशतक गरेका रित गौतम भने ३२ रनमा आउट भए। कुशल मल्ल २८, कप्तान रोहितकुमार पौडेल १४र आसिफ शेख ३ रन जोडर बाहिरिए।

आयोजक श्रीलंकासँग पहिलो खेलमा पराजित नेपाल बाङ्लादेशलाई पराजित गर्दै लयमा फर्कन चाहन्छ भने बाङ्लादेश अपराजित यात्रा कायमै राख्ने तयारीमा छ । यसअघि बाङ्लादेशले यूएईलाई पराजित गरेको थियो।

नेपाल भने आयोजक राष्ट्र श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो।

प्रतिकृया दिनुहोस