सेरेनालाई हराउँदै एन्ड्रेस्कुले रचिन् इतिहास
यूएस ओपन टेनिसको सिंगलतर्फ भेट्रान खेलाडी सेरेना विलियम्सलाई फाइनलमा पराजित गर्दै १९ वर्षीय बियान्का एंड्रेस्कुले इतिहास रचेकी छन् ।
एंड्रेस्कु यो उपाधि जित्ने पहिलो क्यानेडियन खेलाडी हुन् । आफू भन्दा दोब्बर उमेरकी सेरेना यो प्रतियोगिताको पर्याय नै बनेकी थिइन् । तर, एंड्रेस्कुले सेरेनालाई रोक्दै आफ्नै इतिहास लेखिन् ।
एंड्रेस्कुले सेरेनालाई ६–३ र ७–५ को सोझो सेटमा पराजित गरिन् ।
पराजयसँगै सेरेनेको २४औं पटक ग्राण्डस्लाम बन्ने सपना पूरा हुन सकेन । पराजयपछि प्रतिक्रिया दिदै सेरेनाले भनेकी छन्, “पक्कै, एंड्रेस्कु पक्कै महान् खेलाडी हुन् ।”