बाङ्लादेशविरुद्ध पवन सर्राफको अर्धशतक
यू–१९ एसिया कप क्रिकेटमा बाङ्लादेशविरुद्ध नेपालका ओपनर पवन सर्राफले अर्धशतक गरेका छन् ।
सर्राफ अहिले ९२ बलमा ६८ रन जोडेर खेलिरहेका छन् । श्रीलंका विरुद्ध अर्धशतक गरेका रित गौतम भने ३२ रनमा आउट भए । कुशल मल्ल २८ र आसिफ शेख ३ रन जोडर बाहिरिए ।
टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । नेपालले तीन विकेटको क्षतिमा ३५ ओखर खेल्दै १५० रनमा खेलिरहेको छ ।
आयोजक श्रीलंकासँग पहिलो खेलमा पराजित नेपाल बाङ्लादेशलाई पराजित गर्दै लयमा फर्कन चाहन्छ भने बाङ्लादेश अपराजित यात्रा कायमै राख्ने तयारीमा छ । यसअघि बाङ्लादेशले यूएईलाई पराजित गरेको थियो ।
नेपालले भने आयोजक राष्ट्र श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो ।