एसिया कपः बाङ्लादेश विरुद्ध ब्याटिङ गर्दै नेपाल
यू–१९ एसिया कप क्रिकेटमा बाङ्लादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ ।
नेपालका लागि पवन सर्राफ र रित गौतम ओपनिङमा आएका छन् । १२ ओभरको खेल सकिदै नेपालले ३५ रन जोडेको छ ।
आयोजक श्रीलंकासँग पहिलो खेलमा पराजित नेपाल बाङ्लादेशलाई पराजित गर्दै लयमा फर्कन चाहन्छ भने बाङ्लादेश अपराजित यात्रा कायमै राख्ने तयारीमा छ । यसअघि बाङ्लादेशले यूएईलाई पराजित गरेको थियो ।
नेपाल भने आयोजक राष्ट्र श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो ।