नेयमारको गोलले हारबाट जोगायो ब्राजिललाई
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेयमारको गोलसँगै कोलम्बियाविरुद्धको खेलमा ब्राजिल हारबाट जोगिएको छ ।
शनिबार भएको खेलमा पहिलो हाफमै कोलम्बियाले २–१ गोल अन्तरमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा नेयमारले गोल गर्दै खेल बराबरीमा टुंगियो ।
१९औं मिनेटमा कासिमिरोको गोलबाट ब्राजिलले अग्रता लिएपनि २५औं मिनेटमा लुइस मरिएलले खेल बराबरीमा ल्याएका थिए ।
लुइसले ३५औं मिनेट दोस्रो गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । तर, ५८औं मिनेटमा नेयमारले गोल फर्काएपछि खेल बराबरीमा सकियो ।