मृत अवस्थामा भेटिइन् बालिका
भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् ।
कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिका १९ भदौमा हराएकी थिइन् । उनी शनिबार बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् ।
उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेको हो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।