केही घण्टा काठमाडौं बसेर नेपाली टीम चीन जाँदै
कतारमा २०२२ मा विश्वकप फुटबलको छनोट खेलका लागि नेपाली टीम शनिबार नै चीन प्रस्थान गर्दैछ ।
कुवेतसँग लज्जास्पद हार बेहोर्दै शनिबार बिहान काठमाडौं आइपुगेको नेपाली टीम साँझ चीन प्रस्थान गर्दैछ । कुवेतसँग सात–शून्यले पराजित भएको नेपाल चाइनिज ताइपेईसँग २४ भदौमा खेल्दैछ ।
नेपाली टीम चाइनिज ताइपेईलाई हराउँदै मनोबल उच्च बनाउने प्रयास गर्नेछ । तर, चाइनिज ताइपेई पनि बलियो नै टीम हो । यसअगाडि भएको मैत्रीपूर्ण खेलमा नेपाल चाइनिज ताइपेईसँग बराबरीमा रोकिएको थियो ।