टान अध्यक्षमा नेपाली कांग्रेस पक्षधर सुवेदी विजयी
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् ।
टानको ४१औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी भए भने पराजित थापाले ४३८ मत पाए ।
सुवेदी नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार थिए भने थापाले नेकपा पक्षधरको प्यानलबाट उम्मेद्वारी दिएका थिए ।