रेनोेको विन्टर सुपर सेलेब्रेसन अफर
रेनोका नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटोमोबाइल्स प्रालि (विशाल समूहको सहायक) ले डस्टर तथा क्विड गाडीका लागि ‘रेनो विन्टर सुपर सेलेब्रेसन अफर’ घोषणा गरेको छ । क्विडका लागि रु. १२ हजार ९९९ देखि र डस्टरका लागि रु. २७ हजार ९९९ देखि मासिक किस्ता शुरु हुने छ ।
यो योजनाका अन्य विशेषताहरूमा कारहरू फाइनान्समा वार्षिक ६.९९ प्रतिशत ब्याज, हरेक खरिदमा नगद छुटको ग्यारेन्टी तथा दुई वर्षको निःशुल्क सेवाका साथै सडक कर भुक्तानी सेवा लगायत रहेका छन् ।
३० मंसिरबाट शुरु भएको यो योजना जाडो मौसमसम्म रहने कम्पनीले जनाएको छ । पुरानो कार एक्सचेन्ज गरेर नयाँ क्विड खरिद गर्न चाहने ग्राहकहरुले रु.३० हजार को एक्सचेन्ज बोनस प्राप्त गर्नेछ ।