‘बार्सिलोना छोड्न मेसी स्वतन्त्र’
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले चाहे चर्चित क्लब बार्सिलोना छोड्न स्वतन्त्र भएको उनका साथी जिरार्ड पिकेले प्रतिक्रिया दिएका छन् ।
यसपटकको सम्झौता सकिएपछि मेसीले चाहे बार्सिलोना छोड्न स्वतन्त्र भएको पिकेले बताएका हुन् । मेसीले पनि यस पटकबाट बार्सिलोना छोड्ने इच्छा देखाएका छन् ।
मेसीले छोड्लान भन्ने प्रश्नमा पिकेले संभावना रहेको बताए । उनले भने, “कार्लोस, जाबी र इनिष्टा पनि सम्झाैताकाे अन्तिमसम्म बार्सिलोनामै रहेका थिए ।”
मेसीसँग बार्सिलोनाले आठौं पटक सम्झौता गरिसकेको छ ।
पछिल्लो पटक सन् २०१७ मा पाँच वर्षका लागि मेसीसँग सम्झौता भएको छ । पिकेले भनेका छन्, “मेसीलाई थाहा छ, के गर्ने भनेर । उनले पक्कै सही निर्णय लिनेछन् ।”