नेपालले सिंगापुरमा त्रिकोणात्मक सिरिज खेल्ने
जिम्बाबे र सिंगापुरसँग नेपालले त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । सिरिज २७ सेप्टेम्बरबाट शुरु हुनेछ ।
विश्वकप ग्लोबल छनोटका लागि सिंगापुरले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । सिरिज डबल राउण्ड रोबिनको आधारमा हुनेछ । शीर्ष दुईले उपाधिका लागि भिड्नेछ ।
सिंगापुरको त्रिकोणात्मक सिरिजपछि नेपाल पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी सिरिज खेल्न ओमान जानेछ । ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्डसँग नेपालले ५ अक्टोबरबाट सिरिज खेल्नेछ ।