श्रीलंकासँग नेपाल पाँच विकेटले पराजित
यू–१९ एसिया कप क्रिकेटमा श्रीलंकासँग पाँच विकेटले पराजित भएको छ ।
नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले पाँच विकेट गुमाउँदै भेटायो । नेपालका लागि रसिद खानले दुई विकेट लिए । पवन सर्राफ, सागर ढकाल र कमलसिं ऐरीले एक\एक विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै १५९ रन बनाएको हो । नेपालका लागि रित गौतमले अर्धशतक गरे ।
उनले ८५ बलमा ५४ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ८० बल खेल्दै ४७ रनमा क्याच आउट भए । शुरुमै २४ रनमै दुई विकेट गुमाएको नेपालका लागि गौतम र पौडेलले राम्रो खेलेका थिए ।
तर, अन्य ब्याट्सम्यानले खासै राम्रो खेल्न सकेनन् । रसिद खानले १५, हरिबहादुर चौहानले १२ बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
पवन सर्राफ ४ रनमै आउट भए । आसिफ शेख ७, भीम सार्की १, कुसल मल्ल २, सागर ढकाल १ र सूर्य तामाङले एक रन जोडे । पानी परेकाले खेल ४२ ओभरमा छोट्याइएको छ ।