एसिया कपः नेपालद्वारा श्रीलंकालाई १६० रनको चुनौती प्रस्तुत
यू–१९ एसिया कप क्रिकेटमा श्रीलंकालाई नेपालले १६० रनको चुनौती दिएको छ ।
टस जितेर ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै १५९ रन बनाएको हो । नेपालका लागि रित गौतमले अर्धशतक गरे ।
उनले ८५ बलमा ५४ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ८० बल खेल्दै ४७ रनमा क्याच आउट भए । शुरुमै २४ रनमै दुई विकेट गुमाएको नेपालका लागि गौतम र पौडेलले राम्रो खेलेका थिए ।
तर, अन्य ब्याट्सम्यानले खासै राम्रो खेल्न सकेनन् । रसिद खानले १५, हरिबहादुर चौहानले १२ बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
पवन सर्राफ ४ रनमै आउट भए । आसिफ शेख ७, भीम सार्की १, कुसल मल्ल २, सागर ढकाल १ र सूर्य तामाङले एक रन जोडे । पानी परेकाले खेल ४२ ओभरमा छोट्याइएको छ ।