श्रीलंका विरुद्ध रित गौतमको अर्धशतक
यू–१९ एसिया कप क्रिकेटमा श्रीलंकाविरुद्ध रित गौतमले अर्धशतक पूरा गरेका छन् । प्रतियोगितामा गौतम अर्धशतक गर्ने दोस्रो खेलाडी समेत बने ।
यसअघि भारतका अर्जुन आजादले मात्रै अर्धशतक गरेका छन् । नेपालका लागि ओपनिङ ब्याट्सम्यान गौतमले ७३ बलमा अर्धशतक पूरा गरेका हुन् ।
गौतमले नेपालका लागि कप्तान रोहितकुमार पौडेलसँग ८५ रनकाे साझेदारी गरिरहेका छन् । गौतमको अर्धशतकसँगै नेपालले २७ ओभरमा १०९ रन बनाएको छ ।
पवन सर्राफ १३ बल सामना गर्दै मात्र ४ रन जोडेर आउट भए भने अर्का भरपर्दा ब्याट्सम्यान आसिफ शेख ७ रनमै बोल्ड भएका थिए।
पानी परेपछि खेल ४२ ओभरमा छोट्याइएको छ । नेपाली टीममा कप्तान तथा विकेट किपर रोहितकुमार पौडेल, रित गौतम, पवन सर्राफ, आसिफ शेख, कुशल मल्ल, सागर ढकाल, भीम सार्की, राशिद खान, सूर्य तामाङ र हरिबहादुर चौहान छन् ।