पानी परेपछि नेपाल र श्रीलंकाबीचको खेल छोट्याइयो
यू–१९ एसिया कप क्रिकेटमा श्रीलंकाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेल र ओपनिङ ब्याट्सम्यान रित गौतमले साझेदारी गरिरहेका छन् ।
नेपालले दुई विकेटको क्षतिमा १२ ओभर खेल्दै ५२ रन जोडेको छ । पवन सर्राफ १३ बल सामना गर्दै मात्र ४ रन जोडेर आउट भए। अर्का भरपर्दा ब्याट्सम्यान आसिफ शेख ७ रनमै बोल्ड भए ।
पानी परेपछि खेल ४२ ओभरमा छोट्याइएको छ । नेपाली टीममा कप्तान तथा विकेट किपर रोहितकुमार पौडेल, रित गौतम, पवन सर्राफ, आसिफ शेख, कुशल मल्ल, सागर ढकाल, भीम सार्की, राशिद खान, सूर्य तामाङ र हरिबहादुर चौहान छन् ।