एसिया कप क्रिकेटः टस जित्दै श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा
यू–१९ एसिया कप क्रिकेटमा श्रीलंकाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।
नेपालले अहिले दुई विकेटको क्षतिमा ४३ रन जोडेको छ । नेपालका लागि ओपनिङमा पवन सर्राफ र रित गौतम आएका थिए ।
पवन सर्राफ १३ बल सामना गर्दै मात्र ४ रन जोडेर आउट । अर्का भरपर्दा ब्याट्सम्यान आसिफ शेख ७ रनमै बोल्ड भए । अहिले पानी परेपछि खेल राेकिएकाे छ ।
नेपाली टीममा कप्तान तथा विकेट किपर रोहितकुमार पौडेल, रित गौतम, पवन सर्राफ, आसिफ शेख, कुशल मल्ल, सागर ढकाल, भीम सार्की, राशिद खान, सूर्य तामाङ र हरिबहादुर चौहान छन् ।
नेपाल आयोजक र टेष्ट राष्ट्र श्रीलंकालाई उसकै मैदानमा पराजित गर्दै इतिहास रच्ने तयारीमा छ ।