विद्यालय जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार
विद्यालय जाँदै गरेकी किशोरीमाथि शुक्रबार बिहानै एसिड प्रहार गरिएको छ ।
वीरगञ्ज महानगर–६, १५ वर्षीया मुस्कान खातनुलाई एसिड प्रहार भएको प्रहरीले जनाएको छ । १६ वर्षीय माजिद आलमले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड प्रहार गरेको आलमका साथी सम्साद मियाले प्रहरीलाई बताए ।
आलम र मिया मिलेर कक्षा ९ पढ्दै गरेकी किशोरीमाथि एसिड प्रहार गरेका थिए । किशोरीको उपचार भइरहेको छ भने आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, आलम भने फरार छन् ।