विश्वकप छनोटमा कुवेतसँग भिड्दै नेपाल
कतारमा हुने विश्वकप २०२२ का छनोट खेलमा अहिले नेपाल कुवेतसँग भिड्दैछ ।
कुवेतविरुद्ध नेपालले ४–३–२–१ को फर्मेसनमा परिवर्तन गरेको छ । प्रशिक्षक योहान कलिनले नेपालका लागि नयाँ फर्मेसन अबलम्बन गरेका हुन् ।
४–४–२ को टीम फर्मेसनलाई भत्काउँदै कलिनले ४–३–२–१ को फर्मेसन बनाएका हुन् । प्रशिक्षक कलिनले एक जना मात्र फरवार्ड राखेका छन् । बिमल घर्तिमगर मात्रै अगाडिको लाइनमा रहने छन् ।
बिमललाई सपोर्ट गर्न सुजल श्रेष्ठ र रवि पासवान हुनेछन् । मिडफिल्डमा विक्रम लामा, रोहित चन्द र विशाल राई छन् । डिफेन्समा सुमन अर्याल, देवेन्द्र तामाङ, अनन्त तामाङ र अजित भण्डारी छन् । गोलकिपरको पोस्ट भने किरण चेम्जोङ्ले सम्हाल्नेछन् ।