सन्दीपसँगै सोमपाल, दिपेन्द्र, शरद र रोहितको नाम पनि अन्तर्राष्ट्रिय लिगका लागि दर्ता
पाकिस्तानी एजेन्ट साया कर्पोरेसनले सन्दीप र सोमपाल कामीसहित दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र शरद भेषवाकरको नाम पनि दर्ता गराएको छ।
छोटो फर्म्याटको टी–१० क्रिकेटका लागि कर्पोरेसनले नेपालका सन्दीप बाहेक थप पाँच खेलाडीको नाम दर्ता गराएको हो ।
यसपटक पनि सन्दीपको नाम दर्ता भएको छ । सन्दीप लामिछानेको नाम पाकिस्तानी एजेन्टले दर्ता गराएको हो । यसअघि पनि विभिन्न लिगहरुमा सन्दीपको नाम यही पाकिस्तानीय एजेन्टले दर्ता गराउँदै आएको थियो ।
यसअघि ग्लोबल टी–२० मा सोमपाल कामीको नाम पनि यही एजेन्टले दर्ता गराएको हो । फ्रेन्चाइजी लिगमा खेलाडीको नाम दर्ता गराएबापत एजेन्टले केही शुल्क लिने गर्छ ।