एटीएमबाट एक पटकमा २० हजार र एक दिनमा ६० हजारमात्रै झिक्न पाइने
नेपाल राष्ट्र ब्यांकले अटोमेटेड टेलर मेसिन 'एटीएम'बाट निकाल्न सकिने रकमको सीमा घटाएको छ ।
शनिबार चिनियाँ ह्याकरले एटीएम मेसिनबाट रकम लुटेपछि राष्ट्र ब्यांकले एटीएमबाट रकम निकाल्नमा कडाइ गरेको हो ।
अब एक एक पटकमा २० हजार र एक दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने व्यवस्था गरिएको छ।
यसअघि एक पटकमा २५ हजार र एक दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो ।